भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगो परिवारको उद्धार

हिमालय टाइम्स
Read Time = 2 mins

इस्तानावुल । भुकम्प गएको पाँच दिन पछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ ।

टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन ।

उता, भुकम्प गएको चार दिन पछि चमात्कारिक रुपमा १० दिनको बच्चासहित उनको आमालाई जिउँदै उद्धार गरिएको छ ।

यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनवाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषवाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै  थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए । चार दिन पछि जिउँदै फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन । उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भईरहेको छ ।

टर्की र सिरियामा गएको ७.८ रेक्टरको भुकम्पमा परी अहिलेसम्म २३ हजार भन्दा बढीको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वभरीवाट आपतकालिन उद्धार र राहतका लागि अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?