लुम्बिनी प्रदेशकी विना विभागिय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेशकी बिना बिभागिय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ । पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट बिना विभागीय मन्त्री बनेकी केसीले भोलि हुने मन्त्री परिषद बिस्तारमा भौतिक पुर्वाधार माग गरेको तर पार्टिले आन्तरीक मामला तथा कानुन मन्त्रालय पठाउन खोजेपछि राजीनामा दिएको बताउनुभयो ।

सरकारसँगको असन्तुष्टी भन्दा पनि पार्टिभित्रको असन्तुष्टीका कारण राजीनामाको कुरा आएको तर मुख्यमन्त्री समक्ष अझै राजीनामा पत्र नआएको मुख्यमन्त्रीको सचिवालयले बनाएको छ ।

आफु एक कार्यक्रमका लागि लुम्बिनी भएको र कुनै जानकारी नभएको मुख्यमन्त्री गिरीले बताउनुभयो । राजिनामा बुझाएकी भनिएकी विना बिभागिय मन्त्री कृष्णा केसीले आफुले राजीनामा पत्र मुख्यमन्त्री कार्यलयमा बुझाएको सबै कुरा त्यसमै उल्लेख गरेको र आफु घरतर्फ हिडेको बताउनुभयो।

भोलि माघ २९ गते लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तारमा आफु मालदार मन्त्रालयमा जान नपाए पछि यसो गरेको हुन सक्ने माओवादी एक नेताले बताए । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा बुझाएको बारेमा आफुलाई जानकारीमा आएको पुष्टि गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?