अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन चिकित्सक संघलाई रास्वपाको आग्रह

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल चिकित्सक संघलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा। जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आज एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक संघलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गनुृभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?