अफ्रिकाका र्‍यापर एकेएको गोली हानी हत्या

Read Time = 1 min

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍याप गायक किर्नान जारेड फोब्र्स (एकेए)को गोली हानी हत्या भएको छ । ३५ वर्षीय र्‍यापर एकेएको डरबनस्थित एक रेस्टुरेण्ट नजिकै गोली हानेर हत्या भएको हो ।

उहाँसँगै उहाँका नजिकका साथी तथा व्यावसायिक सेफ एवं व्यापारी टेबेल टिब्ज मोटसोनको पनि हत्या भएको छ । उहाँहरूको एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गोली हानी हत्या भएको बताइएको छ ।

प्रहरी प्रवक्ता कर्नेल रोबर्ट नित्शउन्डाले र्‍यापर एकेए र उहाँका साथी आफ्नो कारमा जाँदै गर्दा दुई हतियारधारीले उहाँहरूलाई नजिकैबाट गोली हानेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?