ग्लोबल आइएमई बैंकको डिबेन्चर निष्कासन

Read Time = 2 mins

काठमाडौ । ग्लोबल आइएमई बैंकले पाँच वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदरको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ निष्कासन गर्दै बिक्री खुला गरेकोे छ । बैंकले पाँच अर्ब रुपैयाँ बराबरको एक हजार प्रतिऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आइतबारदेखि निष्कासन गरेको हो ।

निष्कासित कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् तीन अर्ब बराबरका ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी दुइ अर्ब रुपैयाँका २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणमा निष्कासित ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् एक लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गर्ने भएकाले सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा फागुन ३ गते र ढिलोमा फागुन १४ गतेसम्म बन्द हुनेछ । अर्धवार्षिकरूपमा ब्याज भुक्तानी गरिनेछ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?