विवादमा ‘जनयुद्ध दिवस’ ! मानव अधिकारकर्मीदेखि नेताहरूको बिरोध

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिए पछि बिभिन्न टिका टिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै हिजोको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो ।

मानवअधिकारीकर्मी, कानुनका ज्ञातादेखि बिभिन्न राजनीतिक दलका नेताले १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने सरकारी निर्णय प्रति आपत्ति जनाएका छन् ।

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारको सो निर्णयले बैचारिक ध्रुबीकरणमा फसाएको टिप्पणी गर्नुभएको छ । ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु,’ भटराईले प्रश्न गर्नुभएको छ, ‘फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आइतबार गरेको सो निर्णय प्रति आपत्ति जनाउनुभएको छ । ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ,’ थापाले भन्नुभएको छ, ‘हजारौ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन ।’ प्रचण्ड सरकारमा सहभागी भएको राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सो निर्णयमा असहमति नजनाएकोमा उहाँले रोषसमेत प्रकट गर्नुभएको छ । ‘राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’ सरकारमा सहभागी भएको उपप्रधान तथा उर्जा मन्त्री लिङदेनको नेतृत्व क्षमतामा पनि प्रश्न गर्नुभएको छ ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले भने जनयुद्ध दिवस मनाउने सरकारको निर्णयमा ब्यंग्य हान्नुभएको छ । उहाँले सो दिवसको बिरोध गलत भाष्य निमार्ण गर्न थालिएको समेत बताउनुभएको छ । ‘निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ, नेपालीले नेपाली मारेकोमा ‘दिवस मनाउने ? ४६ र ६२÷६३ को लाई जनआन्दोलन भन्न मिल्छ, जतिबेला लाखौं सडकमा निस्किए तर ४, ५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने ? यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।’

मानबअधिकारकर्मी तथा सामाजिक अभियन्ता कनकमणी दिक्षितले सरकारको सो निर्णय प्रति आपत्ति जनाएका छन् । उनले भनेका छन, ‘उग्रप्रगतिशीलहरुलाई ‘च्यालेन्ज’ , दाहाल सरकारको ‘जनयुद्ध दिवस’ घोषणा स्वागत गर्नु या भर्त्सना गर्नु तर मौन नबस्नु। लौ हेरौँ ।’ उनका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजले आज ११ बजे सिंहदरवार जिल्ला प्रशासन कार्यालय मोडमा बिरोध प्रर्दशन पनि गर्ने जानकारी दिएका छन् ।

मानवअधिकारकर्मी सुशील प्याकुरेलले सो निर्णयको चर्को बिरोध गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?