गायक पोखरेल र सञ्चारकर्मी लुइँटेललाई ‘दादा साहेब फाल्के इण्डियन टेलिभिजन अवार्ड’

Read Time = 1 min

काठमाडौं । गायक सीताराम पोखरेल र सञ्चारकर्मी राजेन्द्र लुइँटेल (राज)लाई भारतको मुम्बईमा ‘दादा साहेब फाल्के इण्डियन टेलिभिजन अवार्ड’ बाट सम्मानित गरिएको छ । गीतसंगीत र सञ्चारका क्षेत्रमा उहाँहरूले पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

भारतको मुम्बईस्थित ताज होटलमा आयोजित एक विशेष समारोहबीच गायक पोखरेल र सञ्चारकर्मी लुइँटेललाई उक्त सम्मान प्रदान गरिएको थियो । मुम्बई पुलिसका असिसेन्ट कमिश्नर पुलिस चिफ सञ्जय पटेल भारतीय अभिनेत्री चाँदनी शर्मा, तथा वरिष्ठ मिडिया पर्सन अखिलेश सिंहले संयुक्तरूपमा उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । सो समारोहमा भारतीय टेलिभिजनका चर्चित सेलीब्रेटीलाई समेत उक्त अवार्ड प्रदान गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?