ब्यक्तिगत पद प्रतिष्ठाका लागि माननीय भएको होइन : सुदूपश्चिम प्रदेश सांसद दानी

‘अबको पाँच बर्षभित्र बाजुराले विकासको नयाँ मोडल तयार गर्ने छ’

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

बाजुरा । नेपाली कांग्रेस महाधिवेशन सदस्य तथा सुदूरपश्चिम प्रदेश सभाकी माननीय सांसद जुना दानीले ब्यक्तिगत पद र प्रतिष्ठाका लागि आफू सांसद नभएको बताउनुभएको छ । हिमालय टाइम्ससँग संक्षिप्त कुराकानी गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएकी सांसद दानीले यस्तो बताउनुभएको हो ।

सासंद दानीले जनताको सेवाका निमित्त समर्पित भएर काम गर्न जतिीसुकै कठिनाई आए पनि निरन्तर लागि पर्ने बताउनुभयो । सामाजिक रुपान्तरणको आन्दोलनमार्फत बाजुराली महिलाहरूको मुक्ति र परिर्वतनका लागि आफ्नो संघर्ष निरन्तर रहने उहाँले बताउनुभयो ।

बाजुरा भौगोलिक रुपमा बिकट भएका कारण यहाँको शिक्षा, स्वास्थ्य, विद्युत, यातायात, खानेपानी, भौतिक पूर्वाधारका समस्यालाई मध्यनजर गर्दै आगामी पाँच बर्षभित्र बाजुराले केही परिर्वतनको मुहार फेर्नेमा आफू ढुक्क भएको उहाँले बताउनुभयो ।

निर्वाचन अघि जनतालाई बाडेका आश्वासन पूरा गर्नेमा आफु प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । उहाँले जिल्लाको सञ्चार क्षेत्रलाई मजबुद बनाउन र बाजुरालाई प्रबिधिसँग जोड्न हरेक तह र तप्काबाट लागिपर्ने विश्वास ब्यक्त गर्नुभयो ।

बाजुरेली जनतालाई जिल्लामै रोजगार ब्यवस्थापनका लागि र कृषि क्षेत्रमा नयाँ आयाम थप्न प्रदेशका सबै मन्त्रालय धाउन पनि आफूपछि नहट्ने उहाँले उल्लेख गर्नुभयो ।

‘उहाँले भन्नुभयो, बाजुराका आम महिला दिदीबहिनीहरूले आफूप्रति गरेको मायाँ ममता सद्धभावकै कारण आफूलाई राजनीतिक गर्ने एक खालको हौसला प्रदान भएको स्मरण गर्नुभयो ।

सांसद बनेपछि आफ्नो पहिलो एजेण्डा भनेकै सडक र पूर्वाधार विकास निमार्णलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । बाजुरालाई साच्चिकै परिर्वतनका निमित्त हातेमाले गरेर अगाडि बढेपछि मात्रै यहाँको विकास निमार्णले सार्थकता पाउने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस पार्टीमा लामो संघर्ष गर्दै आउनुभएकी सांसद दानी गत मंसिर ४ को निर्वाचनमा प्रदेश सभा समानुपातिक सूचीबाट सांसद बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?