थप तीन जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनाको नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

२२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा एक जना संक्रमणमुक्त भएका छन् ।  ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप एक हजार २०२ जनाले लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?