कलाकार जया शर्मालाई पितृ शोक

Read Time = 1 min

काठमाडौं । कलाकार जया शर्मालाई पितृ शोक परेको छ । शर्माका पिता विजयचन्द्र भट्टराईको ७७ वर्षको उमेरमा बुधबार राति काठमाडौंमा निधन भएको हो ।

स्वास्थ्य समास्या देखिएपछि उहाँ तीन हप्ताअघिदेखि ओम अस्पताल चावहिलमा भर्ना गरिएको थियो । रिजाल टासी ग्रुपअन्तर्गत डुक कम्पनीमा कार्यरत उहाँ जीवनको पछिल्लो समयसम्म पनि सक्रिय हुनुहुन्थ्यो ।

जया शर्मा सञ्चारकर्मी एवं निर्देशक सुव्रत आचार्यकी श्रीमती हुनुहुन्छ । जया कलाकार एवं फाइन आर्टिष्ट पनि हुनुहुन्छ । जयाले धेरै एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ भने चलचित्र र म्युजिक भिडियोमा कोरियोग्राफी गर्दै आउनुभएको छ । विजयचन्द्रका एक श्रीमती र एक छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?