रेडियोको महत्व कहिलै घट्दैन : चक्र

Read Time = 5 mins

काठमाडौं । चक्रबहादुर कुँवर रेडियो पत्रकारिता क्षेत्रमा अग्रस्थानमा आउने नाम हो । एक दशकअगाडिदेखि रेडियो पत्रकारितामा संलग्न कुँवर छोटो समयमै आफूलाई रेडियो कार्यक्रम उत्पादक एवं रेडियो कार्यक्रम प्रस्तोताका रूपमा अब्बल साबित गरिसक्नुभएको छ ।

रेडियो क्षेत्रमा काम गरीरहनुभएका कुँवर उत्कृष्ठ कार्यक्रम प्रस्तोतावापत विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको छ । कुँवर सुदूरपशिचम प्रदेशअन्र्तगत डोटी जिल्लाको तत्कालीन सातफरी गाविस दुवातलको सामान्य कृषक परिवारमा जन्मिनुभएको हो । बाल्यकालमा उहाँले कृषि कार्यसँगै अध्ययन गर्नुभएको हो । पत्रकारिता विषयमा स्नातक गर्नुभएका कुँवर समाजशास्त्रमा पनि स्नातकोत्तर गर्दै हुनुहुन्छ ।

कुँवरको रेडियोको सुभारम्भसँगै सञ्चालित प्रथम साप्ताहिक कार्यक्रम ‘सन्देश घरसम्म’ निकै लोकप्रिय रहृयो । रेडियोमा कार्यक्रम प्रस्तोताकै रूपमा ‘नौगेडी’ डोटेली भाषामा, ‘साथीसँग मनका कुरा’, ‘पश्चिमका भाका’ ‘भञ्ज्याङ चौतारी’ नेपाली भाषामा, ‘त्रिवेणी डबली’ नेपाली भाषामालगायत दर्जन कार्यक्रम सञ्चालन गर्नुभएको छ उहाँले ।

मार्केटिङदेखि सञ्चालक समितिका विभिन्न पद र जिम्मेवारीमा रहि कार्य सम्पादन गरिसकेका कुँवर २०७२ बाट फारवेष्ट मिडिया प्रा.लि.मार्फत साथीसँग सहकार्य गर्दै जिल्लामा रेडियो डोटी सञ्चालन गर्नुभयो । अहिले उक्त रेडियो सुदूरपश्चिममा निकै लोकप्रिय छ । नवीन कार्यका लागि अग्रसर हुनुहुन्छ कुँवर ।

अहिले सबै डिजिटल माध्ययममा प्रवेश गरिसकेका छन् । हात हातमा मोवाइल र इन्टरनेटले यसको प्रभावकारिता थप बढिरहेको छ । हामीले विश्वका अधिकांश घट्नाको विवरण अनलाइनमा सहजै भेट्छौं । तर, नेपाली गाउँले परिवेशमा लुकेर रहेका कतिपय सन्दर्भहरू आफूले नै खोजेर श्रोताहरूसम्म पुराउन खप्पिस कुँवर आफ्नो कार्यक्रम चेतनामूलक र श्रोता रुचिको होस् भन्ने चाहनुहुन्छ ।

मुख्यतः सुदूरपश्चिमको विद्युतीय सञ्चारमाध्यमको विकास, सवद्र्धनमा ठूलो योगदान पु¥याँदै आउनुभएका कुँवर हाल नेपाल पत्रकार महासंघ डोटी शाखाको कोषाध्यक्ष हुनुहुन्छ । नेपालमा एफएमको संख्यात्मक रूपमा जति विकास भएको देखिन्छ, गुणत्मक रूपमा विकास भएको देखिँदैन । एफएमहरूको संख्यात्मक र गुणत्मक विकास जति भए पनि रेडियो नेपालको आफ्नै किसिमको इतिहास र गरिमा रहेको बताउँने कुँवर अन्य मिडिया र एफएमहरूको यात्रालाई छोडेर विगत केही वर्षदखि रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत हुनुहुन्छ ।

लेखन तथा वाचन, सम्पादन र व्यावसायिकलगायत क्षेत्रमा आफूलाई दक्ष्य सावित गराउन सफल कुँवर ‘सर्वाेत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता’को हैसियतमा ‘थर्ड बोस्टर इन्टरटेनमेन्ट अवार्ड–२०२१’, सर्वोत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता’को रूपमा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०२१’ र ‘नेशनल क्यापिटल अवार्ड–२०२१’ बाट सम्मानित समेत हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?