चितायन मन्दिरमा भ्यान्टाको भार र धानको मटका चढाइँदै

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको चितायन मन्दिरमा भान्टाको भार र धानको मटका चढाउनेको भिड लागेको छ ।

सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा आज दिनभर भान्टाको भार र धानको मटका चढाउने भक्तजनहरुको घुईंचो लागेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मटका चढाउनका लागि हजारौं भक्तजनहरुको भिड लागेको हो । छालारोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रीका दिन चितायन मन्दिरमा भान्टाको भार चढाउने प्रचलन छ ।

त्यस्तै चिताएको कुरा पूरा हुने विश्वासका साथ भक्तजनले परालद्वारा बाँधिएको धानको मटका (मौर) चढाउने गर्दछन् । मन्दिर परिसर भक्तजनले चढाएको भान्टाको भार र धानको मट्काले भरिभराउ बनेको छ । भक्तजनको भिडलाई व्यवस्थापन गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्वयंसेवकलाई व्यवस्थापनका लागि भ्याई नभ्याई भएको हो । यहाँ भाण्टाको भार र धानको मट्का चढाउन छिमेकी महोत्तरी, सिन्धुली, महोत्तरी सहित भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

हरेक वर्ष महाशिवरात्रिको दिनदेखि यहाँ मेला समेत लाग्ने गरेकोे लक्ष्मिनाथ चितायन महादेव विकास समितिका रामकृष्ण चौधरीले जानकारी दिनुभयो । यसवर्ष भान्टाको भार र धानको मट्का चढाउने सहित एकलाख भन्दा बढीले मेला अवलोकन गर्ने चौधरीको अनुमान रहेको छ । मेलामा मतका कुवा, विद्युतीय रेल, घोडचढी, रोटे पिङ, साँस्कृतिक कार्यक्रम, सर्कस लगायत अन्य आकर्षण समेत रहेको चौधरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?