एसियाको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने

Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले एसिया क्षेत्रको अर्थतन्त्रमा सुधारपछि आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ । सन् २०२२ मा ३.८ को आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको आइएमएफले सन् २०२३ मा एसियाको आर्थिक वृद्धिदर ०.९ प्रतिशतले बढेर ४.७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

पछिल्लो समय जापानको मुद्रास्फीति तुलनात्मकरूपमा नियन्त्रणमा आएको छ भने चीनको आर्थिक गतिविधिमा पनि सुधार देखिएको छ । रुस-युक्रेन युद्धका कारण सिर्जना भएको खाद्यान्न तथा पेट्रोलियम मूल्यको अस्वाभाविक वृद्धिमा कमी आउँदा एसिया क्षेत्रमा आर्थिक गतिविधि बढेको आइएमएफले जनाएको छ । सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने बताइएको छ ।

यसअघि शून्य कोभिड नीतिका कारण उद्योग तथा कलकारखाना बन्द रहँदा सन् २०२२ मा चीनले तीन प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । तथापि विश्व अर्थतन्त्र भने मन्दी उन्मुख रहेका कारण सन् २०२४ मा चीनको आर्थिक वृद्धिदर ५.२ प्रतिशतबाट खुम्चिएर ४.५ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ । भारतको मुद्रास्फीति दरमा कमी आएका कारण भारतीय अर्थतन्त्र सुधारात्मक रहेकाले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने बताइएको छ । आइएमएफले सन् २०२३ मा समृद्ध एसियाली राष्ट्रको आर्थिक वृद्धिदर १.९ प्रतिशत र उदयमान अर्थतन्त्रको आर्थिक वृद्धिदर ५.३ प्रतिशत उल्लेख गरेको छ ।

विश्वको कुल आर्थिक वृद्धिदरको ५० प्रतिशत हिस्सा भारत र चीनले ओगट्ने देखिएको छ । कम्बोडिया, इण्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड र भियतनामको अर्थतन्त्रमा पनि सुधार आएको छ । सन् २०२२ मा दक्षिण एसियाली राष्ट्र बंगलादेशकोअ आर्थिक वृद्धिदर छ, नेपालको पाँच र श्रीलंकाको तीन प्रतिशतमा सीमित रहने पनि आइएमएफको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?