उपत्यकाका निर्माण व्यवसायीमा चुनावी सरगर्मी

Read Time = 1 min

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १७औँ साधारण सभा तथा ९औँ अधिवेशन फागुन १४ गते हुँदैछ । अधिवेशनका लागि कृष्णप्रसाद गौतमको प्यानल घोषणा भएको छ । संघमा अध्यक्ष रहनुभएका गौतमले थप एक कार्यकालका लागि आफूले काम गर्न उम्मेवारी घोषणा गरेको बताउनुभएको छ ।

गौतमको प्यानलका वरिष्ठ उपाध्यक्षमा कमला भट्टराई, प्रथम उपाध्यक्षमा लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्षमा तिलक लामा, महासचिवमा पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) अर्जुन महर्जन, उपमहासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सहकोषाध्यक्ष राजन श्रेष्ठ रहनुभएको छ ।

अध्यक्षका प्रतिस्पर्धी गौतमले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायीको पेशा नै संकटमा रहेकाले समस्या समाधानमा लागिपर्ने बताउनुभयो । संघमा करिब एक हजार पाँच सय सदस्य रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?