कोहलपुर वितरण केन्द्रमा एकद्धार प्रणालीमा सेवा प्रवाह सुरु

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रमा एकद्धार सेवा प्रवाह तथा वातानुकिलित ग्राहक प्रतिक्षालय भवनको उद्घाटन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद शर्माले उद्घाटन गर्नु भएको हो । कूल ७३ लाख लागतमा प्रतिक्षालय निर्माण गरिएको हो । प्रमुख शर्माले एकैदिन टोकनसहितको काउन्टर, सुविधा सम्पन्न प्रतिक्षालय भवन र एकद्धार प्रणालीको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

उक्त अवसरमा बोल्दै उहाँले लुम्बिनी प्रदेश डिभिजन कार्यालय अन्तर्गत रहेका दश वितरण केन्द्र मध्ये पहिलोपटक कोहलपुर वितरण केन्द्रमा एकद्धार प्रणालीबाट सेवा सुरु गरिएको बताउनुभयो । बाँकेमा नेपालगञ्ज र कोहलपुरमा दुई वटा वितरण केन्द्र रहेका छन् । यस्तै दाङ, बर्दिया, प्युठान र पुर्वी रुकुमसहित कर्णालीमा पनि विद्युत प्राधिकरणका वितरण केन्द्र रहेको उहाँले बताउनुभयो । ‘अरु वितरण केन्द्रहरुमा यस्तो सुविधा छैन । कोहलपुरमा पहिलोपटक सुरु भएको हो । आगामी दिनमा अन्य वितरण केन्द्रमा समेत सुरु गर्ने ष्योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो ।

विद्युत प्राधिकरणको जनमुखी र भरपर्दो सेवा दिने उद्देश्य अनुरुप एकद्धार प्रणाली सुरु गरिएको उहाँको भनाइ छ । अब एकद्धार प्रणाली अन्तर्गत नयाँ मिटर जडान सम्बन्धि सेवा, ठाउँसारी सम्बन्धि सेवा, क्षमता वृद्धि/घटी सम्बन्धि सेवा, मिटर बन्द/बदली सम्बन्धि सेवा,नामसारी सेवा र लगत खारेज सम्बन्धि सेवा एउटै ठाउँबाट प्रवाह हुने भएको छ ।

एकद्धार प्रणाली सुरु गर्दा सेवाग्राही सेवा दिन सहज हुने भएकोले सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र प्रमुख सुरज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अबदेखि कोहलपुर वितरण केन्द्र अन्तर्गत रहेका सेवाग्राहीहरुले टोकन काउन्टरमार्फत एकीकृत सेवा प्राप्त गर्नेछन् । टोकन प्रणालीले गर्दा सेवाग्राहीहरुलाई सहज हुने उहाँले बताउनुभएको छ । यस्तै वातानुकुलित वातावरणसहित प्रतिक्षालयमा मार्फत केन्द्रले सेवा प्रवाह गर्ने प्रमुख रेग्मीले बताउनुभयो । । नेपाल विद्युत प्राधिकरण कोहलपुर २०७३ मंसिर १० गते स्थापना भएको हो । स्थापना कालदेखि युनिट कार्यालय, कहिले भाडाको कार्यालयमा सेवा सञ्चालन गर्दै आएको थियो । अब कोहलपुर वितरण केन्द्रको पूर्ण भवन निर्माण भएको छ । सेवा प्रवाहमा एकरुपकता आउने विस्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?