नेफ्टाको अध्यक्षमा पुनः लामा

Read Time = 2 mins

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । बिहीबार राजधानीमा सम्पन्न संस्थाको बीसौँ वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै, युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अध्यक्षका रूपमा निर्वाचित भएपछि अध्यक्ष लामाले फिल्म प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो । उहाँले आगामी कार्यकालमा नेफ्टाको आफ्नै भवन निर्माण गर्ने योजना रहेको समेत सुनाउनुभयो ।

लामाकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकी संस्करणको नेफ्टा फिल्म अवार्डसमेत आयोजना हुँदैछ । यसमार्फत् फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उहाँको योजना छ । लामाले यसअघि २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?