जसपा सांसद सहनाज रहमानको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले उहाँको आज निधन भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमान समानुपातिक सांसद हुनुहुन्थ्यो ।

प्रतिनिधिसभा गठन भएपछि निधन हुने उहाँ पहिलो सांसद हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?