पत्रकार शेर्पा आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट हिमालय टाइम्सका जिल्ला सम्वातदाताका रुमपा कार्यरत पत्रकार चिसाङ शेर्पा पुरस्कृत हुनुभएको छ ।

शनिबार संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनका क्रममा पत्रकार शेर्पा पुरस्कृत हुनुभएको हो ।
पत्रकार शेर्पालाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरिएको खोटाङ उधोग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिनुभयो ।

शेर्पाले खोटाङको व्यवसाय क्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गरी चलाउनु भएको कलमको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

पत्रकार शेर्पालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र संघका अध्यक्ष राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

शेर्पा जिल्लाबाट सञ्चालन भईरहेको समायोजन खबर डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव हुनु हो । उहाँ हिमालय टाइम्सका अलावा अन्नपूर्ण मिडिया नेटवर्क र सुर्योदय टेलिभिजनमा आवद्ध हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?