काठमाडौं । फ्रान्न्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ ।
एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् ।
छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक तयारीस्वरुप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच