एमालेका मन्त्रीले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाउनु भएको छ ।

बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिनुभएको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा हुनुहुन्थ्इो । राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालावकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती हुनुहुन्छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि एमालेका मन्त्रीले राजीनामा बुझाउनु भएको हो ।

अब प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन् । ६ दलिय गठबन्धनमा राजपा सरकारमा सामेल थिएन भने अन्य तीन एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?