भोजपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा अरूण गाउँपालिका पहिलो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । तेह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अरू पालिकालाई पछि पार्दै अरूण गाउँपालिका पहिलो भएको छ ।

सदरमुकाम स्थित विद्योदय माविको खेल मैदानमा संचालन भएको बिभिन्न प्रतियोगितामा ६ स्वर्ण, २ रजत, ३ कास्यसहित अरूण प्रथम हुन सफल भएको हो । ५ स्वर्ण, ३ रजत, ३ कास्य सहित भोजपुर नगरपालिका दोश्रो, ४ स्वर्ण, ६ रजत र ४ कास्य पाएर हतुवागढी गाउँपालिका तेश्रो भएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ ।

यसैगरी टेम्के मैयुङ गाउँपालिकाले ४ स्वर्ण, ३ रजत ,३ कास्य, साल्पासिलिछो गाउँपालिका ३ स्वर्ण, २ रजत, २ कास्य, षडानन्द नगरपालिका २ स्वर्ण, ५ रजत, ५ कास्य, रामप्रसाद राई गाउँपालिका २ स्वर्ण, १ रजत, ३ कास्य, पौवादुङमा गाउँपालिका ४ रजत, २ कास्य र आमचोक गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको छ ।

विजेताहरूलाई प्रदेश १ सांसद बिनोद वान्तवा, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतलगायतले शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र बितरण गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?