पेशागत महासंघ भोजपुरको नेतृत्वमा लुईटेल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ भोजपुरले नयाँ नेतृत्व चयन गरेको छ । नेकपा एमाले निकटको पेसागत महासंघले अधिवेशन गर्दे नयाँ नेतृत्व चुनेको हो ।

चौथो जिल्ला अधिवेशनले शिक्षक योगराज लईटेलको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा रुद्रप्रसाद फुयाँल, महिला उपाध्यक्षमा ज्ञानिशा राई, सचिवमा कुमार राई, सहसचिवमा सेवन्तराज दाहाल र कोषाध्यक्षमा गोपाल पराजुलीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा केशवप्रसाद खनाल, ममता राई, रामबहादुर तामाङ, सुजन गुरागाईँ, गंगादेवी प्रधान र कमला प्रधान चुनिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?