पारसको टोलीलाई हराउँदै वल्र्ड जायन्ट्स फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लेजेन्ड्स क्रिकेट लिगमा वल्र्ड जायन्ट्सले नेपालका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सलाई २० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको एसिया १९.१ ओभरमा १३० रनमा रोकियो । पारसले १० बलमा आठ रन बनाउँनुभएको थियो ।

उहाँ रनआउट हुनुभयो । आठौं नम्बरमा ब्याटिङ गर्न आउनुभएका पारस १९औं ओभरको पहिलो बलमा रन आउट हुन भएको थियो । एसियाका लागि ओपनर तिलकरत्ने दिलशानले २८ बलमा पाँच चौका र एक छक्कासहित ३७ रन जोड्नु पर्‍यो । यस्तै शाहीद अफ्रिदीले १८ बलमा तीन चौका र एक छक्कासहित २६ रन थप्नुभयो ।

थिसेरा परेरा १२ र मोहम्मद हफिजले १३ रन बनाउनुभयो । जायन्ट्सका टिनो वेष्टसले ३.१ ओभरमा २० रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै क्रिस मुफ्सले चार ओभरमा १६ रन खर्चेर तीन विकेट हात पार्नुभयो । त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जायन्ट्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५० रन बनाएको थियो । उसका ओपनर हासिम आमलाले ५९ बलमा नौ चौका र एक छक्कासहित ६८ रन बनाउनुभयो । ज्याकक्विस कालिसले ४३ बलमा पाँच चौका र दुई छक्कासहित ५८ रन बनाउँदै जित दिलाउनुभयो ।

जायन्ट्स चार खेलमा तीनमा जित र एकमा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । एसिया चार खेलमा दुईमा जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा रहृयो । भारत चार खेलमा एकमा जित तीनमा हारसहित पुछारमा रहृयो । फाइनल प्रवेशका लागि एसिया र भारतबीच शनिबार प्रतिस्पर्धा हुनेछ । आगमी सोमबार फाइनल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?