चैत्र महिनाका पर्वहरू

Read Time = 17 mins

✍️  इन्द्रबहादुर शाक्य

चैत्र १ गते अथवा संक्रान्तिको दिन ललितपुरको रातो मत्स्यन्द्रनाथमा गुठीबाट पूजा गरिन्छ । साथै त्यसदिन माडवारी समाजले देवताको पूजा गरी चाडपर्व मनाउँदछन् । यही चैत्र १ गते कृष्णपक्षमा अष्टमी पर्न गएको हुनाले यो अष्टमीलाई शीतला अष्टमी भनिन्छ । यो दिनमा काठमाडौंको ब्रहृमटोलमा शिवलिंग बुद्धविहारमा जात्रा हुन्छ । त्यस्तै यस दिनमा देवपतनमा वत्सलेश्वर देवताको जात्रा हुन्छ । शुक्लपक्ष एकादशीको दिनमा व्रत बसी पूजा गरियो भन्ने वर्ष दिनमा खराब नराम्राकाम गरेको अथवा पाप गरेको सबै टरेर वा मोक्ष हुन्छ भनेर भनिन्छ । त्यसैले पाप मोचन एकादशी भनिएको हो । द्वादशीको दिनमा काठमाडौं गोलेमा दर्शोद्वार पूजा गरिन्छ र गुरुङहरू उभौली ठहोडे पर्व मनाउँछन् ।

चैत्र महिनाको कृष्णपक्षमा चतुर्दशी (चह्रे), यो चह्रेलाई पाँहा चह्रे (पाँ चह्रे) अथवा (लुखुं चह्रे) पनि भन्दछ । यस दिनमा काठमाडौं उपत्यकाका नेवारहरूले लुकिरहेको शिवजीको लिंगलाई पूजा गरी पर्व मनाउँछन् । लुकमाद्यो भनिने यस दिनमा अधिराज्यभरि नै नेवार बस्तीमा यो पर्व मनाउँछन् र त्यही दिन भोज र समयेबजी खाने चलन छ । काठमाडौंमा नरदेवी, श्वेतकाली नृत्य, अजिमा जात्रा विशेष पूजा गरी र लुकमाद्योलाई पूजा गरी राति भोज खाने चलन छ । अहिलेसम्म यो चलन चलिआएकै छ । काठमाडौंबासीहरू ३ दिनसम्म यो पर्व मनाउँछन् । पहिलो दिन चतुरदर्शीमा लुकमाद्यो (शिवलिंग) पूजा गर्दछन् । दोस्रो दिन औंसीमा घोडेजात्रा, तेस्रो दिन प्रतिपदा असनमा देवीको खट जात्रा गरिन्छ ।

लुकमाद्यो (लुकी रहेको शिव) लाई किन पूजा गर्ने ?
यो महिमा पनि गजबको छ । चाकरी गर्ने बित्तिकै शिव वरदान दिने गर्दथे । वरदान दिँदै गर्दा आफूलाई मर्का परेको पनि छ । शिवजीले बृखासुर दैत्यलाई टाउकामा हात राख्ने बित्तिकै भष्म भएर जाने वरदान दिएपछि दैत्यले पहिले शिवजीलाई प्रयोग गरेर हेर्छु भनेर दैत्य शिवजीको पछि-पछि लागे । दैत्यले छोएर हेर्छ भनेर शिवजी भागमभाग भए, दैत्यले लखेट्यो । आफूले दिएको वरदानले आफैंलाई दुःख भयो । शिवजी भागेर एउटा गुफाभित्र लुकेर बसे । दैत्य पनि त्यो गुफाको प्वालबाहिर बसिरहृयो र बाहिर आउने बित्तिकै समाएर हेर्छु भनेर पर्खिरहृयो ।

औंसीका दिनमा काठमाडौंको टुँडिखेलमा सरकारी रूपमा घोडे जात्रा पर्व मनाउँदछ । यस दिनमा अजिमा देवीहरूको पनि जात्रा हुन्छ र यही दिनमा काठमाडौं बच्चाहरूलाई मरजा (मरभात) खुवाउँछन् । यस्तो खाना खायो भने बच्चा निरोगी हुने विश्वास छ ।

धेरै दिन भएपछि ब्रहृमा र विष्णु देवताले शिवजीलाई बाहिर निकाल्नलाई दैत्यलाई मार्न जुक्ति निकाले । विष्णु एउटी स्त्रीको रूपमा नर्तकी भएर दैत्यको अगाडि नाच्न सुरु गरे । त्यो ठाउँ हलेसी गुफा खोटाङ जिल्लामा छ । केटी राम्रो नाचेको देखेर दैत्यलाई उनीसँग मोह भयो । दैत्यले पनि नाच्ने सिकेर उनले जे जे गरे त्यही नै दैत्यले पनि ग¥यो । धेरै दिन बितेपछि दैत्यले उनीसँग विवाहको प्रस्ताव राख्यो । नर्तकीले उनले भने जस्तो नाच गरेमात्र विवाह गर्ने प्रस्ताव गरिन् । हुन्छ भनेर नाच्दानाच्दै नर्तकीले आफ्नो हात आफ्नै टाउकामा राखिन् । दैत्यले पनि आफ्नो हात आफ्नै टाउकामा राख्यो ।

यसो गर्ने बित्तिकै दैत्य भस्म भयो । दैत्य मारियो, शिवजीले दिएको वरदान आफैंले आफ्नो टाउकोमा हात राखी भस्म भयो । धेरै चतुर्‍याइँ भएपछि आफैंले ठक्कर खान्छ भनेको पनि सही हो । लुकिरहेका शिवजीलाई बाहिर ल्याएर पूजा गरी स्वागत गरेको दिन यही चह्रे (चतुर्दशी) का दिनमा पर्न आएको हुनाले वर्षको एक चोटि यसलाई पूजा गरी पर्व मनाउने गरिन्छ । उपत्यकामा यो पर्व हलेसीबाट आएको हो ।

लुकिरहेको बेलामा भोक लागेको होला भनेर राम्रो-राम्रो खानाका परिकार बनाएर मासु र रक्सी राखेर शिवजीलाई खुवाउने गर्दछन् । यस दिनमा काठमाडौं भद्रकालीमा लिंग (योसी) उठाउँदछन् । काठमाडौंको नरदेवीमा श्वेतकाली नृत्य, अजिमा जात्रा विशेष पूजा गरी लुकमाद्योलाई पूजा गरी राति भोज खाने चलन अहिले पनि छ । यसलाई नै पाँहा चह्रे र लुखुं चह्रे भनिन्छ । लुकिराखेका देवतालाई पाहुनाको रूपमा पूजा गरी खाना खुवाउनेलाई पाँहा चह्रे भनिएको हो । औंसीका दिनमा काठमाडौंको टुँडिखेलमा सरकारी रूपमा घोडे जात्रा पर्व मनाउँदछ । यस दिनमा अजिमा देवीहरूको पनि जात्रा हुन्छ र यही दिनमा काठमाडौं बच्चाहरूलाई मरजा (मरभात) खुवाउँछन् । यस्तो खाना खायो भने बच्चा निरोगी हुने विश्वास छ । यही दिनमा ललितपुर बालकुमारीमा अन्धा घोडा जात्रा गरिन्छ । यो अहिलेसम्म चलिरहेको छ । यसदिन सरस्वतीको पूजा पनि गरिन्छ ।

चैत्र शुक्लपक्ष प्रतिपदाको दिनमा काठमाडौंको असन टोलमा भद्रकाली देवी, इन्द्रायणी देवी आदिको खटमा राखी जात्रा गरिन्छ । यो जात्रा नयाँ वर्षको उपलक्ष्यमा सुरु हुन्छ । यो अञ्जन संवत सुरु हुने दिन हो । अञ्जन संवत यही शुक्लपक्ष प्रतिपदाको दिनमा संवत हुन्छ । घोडे जात्रा पर्वको भोलि पल्ट प्रतिपदामा काठमाडौंको असन टोल (बजार) मा भद्रकाली देवीदेखि सबै पाँच देवीहरूको खट जुधाउने जात्रा हुन्छ । त्यो ठाँउमा जात्रा हेर्न आउनेहरूको घुइँचो हुन्छ । यस दिनमा काठमाडौंवासीले भोज खाई आफ्ना इष्ट मित्रहरूलाई पनि भोज खुवाउने चलन छ । चैत्रको शुक्लपक्ष प्रतिपदामा शाक्य संवत नयाँ वर्ष, अञ्जन संवत नयाँ वर्ष, सुरु हुने । यही दिनमा चोभारमा पनि आदिनाथको स्नान गरिन्छ ।

तृतीयाको दिनमा माडवारी गणगौर पूजा हुन्छ र मच्छे गाउँमा मत्स्यनारायण देवताको जात्रा हुन्छ । त्यस भेगका मानिसहरूले यो जात्रा धुमधामसँग मानेर आएका छन् । चैत्र शुक्लपक्ष अष्टमीको दिनमा चोबहालमा नख्खु खोलामा (नदी) मा आदिनाथ लोकेश्वर लगेर देवतालाई बगाई, समात्ने चलन छ । पछि त्यही राखेर पूजा गरीमाथि जात्रा गरिन्छ । यही दिनमा बागलुङमा पनि काली भगवतीको जात्रा गरी नगर परिक्रमा गरिन्छ । त्यही दिनको साँझ काठमाडौंमा सेतो मत्स्यन्द्रनाथको रथ जात्रा सुरु हुन्छ । यो जात्रा पूर्णिमासम्म हुन्छ । त्रिचन्द्र कलेज तीनधाराको दोबाटोमा लामो रथ बनाई असन, हनुमानढोका र लगनसम्म तानेर रथ यात्रा गरिन्छ ।

चैत दशैंमा नेपाल अधिराज्यभरि नै आफ्नो जातीय तरिकाबाट नेपालीहरूले रीतिरिवाजअनुसार चाडपर्वहरू मनाइन्छन् । चैत्र दशैँलाई सानो दशैँ भनेर मान्ने गरिन्छ । यसदिन पनि काटमार गरी देवी भगवतीलाई पूजा गरिन्छ । नेपाली सेनाको निशानमा भोग दिएर पूजा गरिन्छ । गुरुङ जाति चैत महिनामा देवी द्यौराली सिमेभूमेलाई बलि दिई पूजा गर्दछन् । पश्चिम क्षेत्र कर्णालीमा चैत्य दशैँलाई ठूलो चाडको रूपमा मनाउँदछ । त्यस्तै गोर्खा जिल्ला गोर्खा दरबारमा दरबारको आँगन चोकभित्र धेरै पशुहरूको मारकाट हुन्छ । अहिले पनि उक्त चलन छँदैछ । रगतले चोक भरिन्छ । त्यस्तै हलेसी धाममा पनि राम नवमी राम्रोसँग मनाउँछन् ।

जनकपुरमा राम नवमीमा राम जयन्ती र रामको जात्रा गर्दछन् । दोलखमा चैत्र दशैं र रामनवमीको दिन ठूलो पर्वका रूपमा मनाउँदछन् । त्रिशुलीमा जात्रा वा मेला हुन्छ । त्यहाँ भेलु जात्रा हुन्छ । भेलु भएर आउने पहिले झ्वाबहालका बज्राचार्य थिए । अहिले डंगोल जातिले गर्दछ । त्यो दिनमा उसलाई देवताको रूपमा पूजा गर्दछ । त्रयोदशीको दिनमा काठमाडौं मनमैजु गाउँमा मनमैजु र इन्द्रायणी देवीको जात्रा सुरु गरिन्छ । चैत पूर्णिमा ः यो दिनमा बालाजुको २२ धारा मेला, नार्गाजुनमाथि बुद्ध चैत्यको मेला, दोलखामा मत्स्यन्द्रको रथ जात्रा, लमजुङमा यलुङ पोखरीको मेला र तराईमा थारु जातिको लुम्बिनी मेला गरी, यो पूर्णिमामा नेपालीहरूको गाउँगाउँमा आफ्नो रीतिरिवाज अनुसार यो पर्व मनाउँदछन् । त्यस्तै काठमाडौं म्हृयपीमा योगाम्बर ज्ञानेश्वरी (म्हृयपी अजीमा) को जात्रा हुन्छ ।

चैत्र दशैँलाई सानो दशैँ भनेर मान्ने गरिन्छ । यस दिन पनि काटमार गरी देवी भगवतीलाई पूजा गरिन्छ । नेपाली सेनाको निशानमा भोग दिएर पूजा गरिन्छ । गुरुङ जाति चैत महिनामा देवी द्यौराली सिमेभूमेलाई बलि दिई पूजा गर्दछन् ।

यो खटमा राखी तीन दिनसम्म जात्रा मनाउँदछ । सो जात्रामा त्यस मन्दिरको मूल ढोका अगाडि समयेबजी थुपारी (पहाड जस्तो) पूजा गरिन्छ । सो समयबजी प्रसादको रूपमा वितरण गरिन्छ । नुवाकोटमा वैष्णुदेवीको जात्रा । ललितपुरमा टीका भैरव जात्रा हुन्छ । ललितपुर चापागाँउमा बज्रबाराही देवीको जात्रा गरिन्छ । बौद्धमा तेमाल जात्रा गरिन्छ । यो अहिले पनि चल्दछ । नेपालको धेरै गाँउमा यो पूर्णिमाको दिन देवी देवताको जात्रा पर्व सुरु हुन्छ र चाडबाड मनाउँदछन् । १) प्रतिपदाको दिनमा ललितपुरमा रातो मत्स्यन्द्रनाथलाई साँझतिर लगनखेल लगिन्छ र विधिपूर्वक चारजना पुजारीहरूले स्नान गरिदिन्छन् । यही दिनमा काठमाडौंको विशाल नगरमा वैष्णुवी देवीको जात्रा गरिन्छ । चैत्र कृष्णपक्ष तृतीयको दिनमा साँखु गाउँमा उग्रतारा बज्रयोगीनीको जात्रा गरिन्छ । पहिलो दिनमा स्थानीय बासिन्दाले बज्रयोगीनी देवीलाई खटमा राखी साँखुको टोलटोलमा लगि जात्रा गरिन्छ । भोलिपल्ट त्यहाँ मू भूज्या जात्रा गरिन्छ । यो जात्रामा चतामरी वागाइगु चावलको पिठाको रोटी बनाइ झ्यालझ्यालबाट फालेर ल्याउँदछ । आकाशबाट पानी परेजस्तै यो रोटी बर्सा हुन्छ । साँखुमा यो जात्रा विशेष पूजा गरी मनाउँदछ । यो पर्वमा आफन्तहरूलाई खानाका लागि निमन्त्रण गरी भोज खुवाउने चलन छ ।

जात्रा सिद्धिएपछि देवीको रथमाथि पुर्‍याइदिइन्छ । देवीको खटमाथि पुर्‍याउँदा साँखुवासीले बीचको उकालो भर्‍याँङमा (बीचबाटो) मा छोडेर जान्छन् । त्यही रातमा पुजारी झार्ने जात्रा हुन्छ । त्यसको भोलिपल्ट त्यस गाउँको तामाङ जातिले देवीको खटमाथि राख्छन् अथवा पुर्‍याइदिन्छन् । माथि पुगेपछि देवी जोगिनीलाई खटबाट बाहिर निकाली पूजा गरिन्छ । पूजा सकेपछि देवीलाई मरेको सरह (मानिस मरेको) जस्तो गरेर चारजना मानिसले बोकेर बाजा बजाउँदा मानिस मरेको बेलामा बजाउने बाजाको बोलमा देवीलाई मरेको सरह गरेर माथि देवी मन्दिरमा पुर्‍याउँदछन् ।

यो जात्रा अनौठो छ । यो देवीको पुजारी त्यही बासिन्दाका बज्राचार्यले गर्दछन् । यसको रेखदेख पनि उनीहरूले नै गर्दछन् । यो जात्रा सत्ययुगदेखि चलिआएको भन्दछन् । यो देवी योगिनीले देवता विष्णुको आग्रह अनुसार भगवतीको रूप लिएर दैत्यलाई बध गरेको थियो भन्ने जनमानसमा विश्वास छ । चैत महिनाको अन्तिम दिन भक्तपुरमा लिङ्ग उठाउने जात्रा हुन्छ ।

१२ महिनासम्म यसरी तिथिबाट जात्रा मनाइन्छन् । विभिन्न गाउँमा तिथिबाट जात्रा पर्वहरू सुरु हुन्छ । यही नै हाम्रो संस्कृति हो । नेपालीले जन्मदेखि मरणसम्मको रीतिरिवाज आफ्नो आफ्नो समाजमा चल्ने अथवा चलन चल्तीअनुसार व्यवहारमा उतारी हाम्रो संस्कृतिलाई बचाइराखेको छ । संस्कृतिको विकास गर्नु नै सभ्यताको परिचय दिनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?