पेट्रोलियम कारोबारमा जोखिम न्यूनीकरणमा जोड

Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रयोगबाट हुने जोखिम र सुरक्षा विषयमा छलफल सुरु गरेको छ । निगमले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका पम्प सञ्चालकसँग पम्पको सुरक्षा एवं मापदण्डसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

सो अवसरमा निगमका आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइत, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दा आउन सक्ने आकस्मिक जोखिम र त्यसको समाधानमा गम्भीर हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

पेट्रोलियम प्रज्वलनशील पदार्थ भएकाले यसको बिक्रीवितरणमा गम्भीर हुनुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । जोखिम न्यूनीकरणको लक्ष्यसहित सुरक्षा मापदण्डको विषयमा अभियान चलाएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?