‘महासंघलाई सबै तहका व्यवसायीको पहुँचमा पुर्‍याउँछु’

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले आफूले संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन कार्य गर्ने बताउनुभएको छ । श्रेष्ठले शनिबार धनगढीमा आयोजित महासंघ सुदूरपश्चिम प्रदेशको छैटौँ प्रदेशसभामा बोल्दै आफ्नो नेतृत्वमा व्यवसायीको समस्यारूपी घाउमा मलम लगाउन र पीडामा रहेको व्यवसायलाई उकास्न भूमिका खेल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र लथालिंग भएको अवस्थामा व्यवसायीका समस्या सुनिनुपर्छ र यसका लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीको पहुँचमा हुनेगरी काम गर्नुपर्छ । कर, नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन् । यस्ता विषय सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु ।’

श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह सम्भावना रहेको भन्दै यसलाई विस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताउनुभयो । आफ्नो टिमतर्फबाट जिल्ला/नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोसिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वमा तपाईँहरूलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुस्, सबै मिलेर सहकार्य गरौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?