खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङ उधोग वाणिज्य संघको अध्यक्षमा तीनजनाको उम्मेदावरी दर्ता भएको छ । सोमबार भएको उम्मेदवारी दर्ता अनुसार अध्यक्षका लागि समुन्द्र प्रसाद जोशी, राजनप्रसाद आचार्य र राजेन्द्र लयालुको उम्मेदवारी दर्ता भएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार वजिमय, वुद्धि विनोद लुइटेल, प्रथम उपाध्यक्षका लागि विजयश्वर श्रेष्ठ, जयप्रसाद राई र द्धितीय उपाध्यक्षका लागि मणिशोभा राई र फुर्वा दोर्जी शेर्पाको उम्मेदवारी दर्ता भएको छ ।

महासचिवका लागि अजय बस्नेत, सुमन श्रेष्ठ, सचिवका लागि राजु श्रेष्ठ, लेख बहादुर खड्का (बिनोद) तथा कोषाध्यक्षका लागि नेत्र बहादुर कटुवाल र युधिर शाक्यको उम्मेदवारी परेको छ । खुला सदस्यमा १२ तथा महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ ।

सात जना पदाधिकारी तथा खुल्ला सदस्य र महिला सदस्यसहित १० जनाका लागि ३१ जनाको उम्मेदवारी परेको छ । संघको १७ जना निर्वाचित, २ जना मनोनित र निवर्तमान अध्यक्षसहित २० जनाको कार्य समिति हुने प्रावधान छ । १६ चैतमा नयाँ नेतृत्व चयनका लागि संघको अधिबेशन हुँदैछ ।

यसअघि, राजनीतिक भागबण्डामा पदाधिकारी टुंग्याईएको थियो । तर, भागबण्डा नमिलेपछि आज उम्मेदवारी दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?