मेयर कप खुला भलिबल हुने

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा वैैशाख दोस्रो सातादेखि मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता वैैशाख ९ गतेबाट १६ गतेसम्म जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने आयोजकले जनाएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको समन्वयमा हुने प्रतियोगितामा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।

टिम दर्ताका लागि आयोजकले चैत २० देखि नयाँ वर्ष २०८० को वैैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको छ । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फका विजेताले समान दुई लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले एक लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?