बैंकको रकम लुटेको आरोपमा तीन जनालाई डाँका मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

सिरहा । सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका-८ अरङ्गका ४५ बर्षीय श्यामकुमार यादव, लहान नगरपालिका-१३ सुकरामपुर का ३६ बर्षीय जिवछ बि.क. र लहान-१९ छपरारी का ४७ बर्षीय सत्य नारायन मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले वैंकका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लादै गरेको नौं लाख रकम लुटपाट गरेको आरोप छ। प्रहरीसहित गएका ज. ६ प. ८१८५ नम्वरको मोटरसाईकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाईकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल देखाई रकम लुटिएका थिए।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहालगायत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रबिधिको प्रयोग गरि सिरहा सदरमुकास्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ।

उनीहरुमाथि शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?