बैतडीमा गाईको हत्या गर्ने एकजना पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा गौहत्याका अभियोगमा एक जना पक्राउ परका छन् । दोगडाकेदार गाउँपालिका-३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाईलाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

मदिरा सेवन गरी सोमबार साझँ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको खुलेको प्रहरी निरिक्षक जोशीले बताउनुभयो ।

गाईलाई मार्ने भूल सोमबार राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?