सत्ता गठबन्धन बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ पेस

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा ड्राफ्ट प्रस्तुत गर्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उक्त ड्राफ्ट प्रस्तुत गरिएको थियो ।

अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । भोलि त्यसमा छलफल हुन्छ’ उहाँले बताउनु भयो ।

यसअघि प्रचण्ड नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो । तर, गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो ।

यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयमा भागबण्डाको विषयमा पनि सामान्य छलफल भएको थियो । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसले ९ मन्त्रालयमा दाबी गरेको छ । यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेस गरेको छ भने लोसपाले २ वटा मन्त्रालय मागेको छ ।

बैठक बुधवार बिहान ९ बजे फेरि बस्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?