आकाशेपुल निर्माणका लागि ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिका ३१ अन्तर्गतको मदन भण्डारी सडक खण्डको शान्तिनगर क्षेत्र अत्यन्त जोखिमपूर्ण स्थानका रूपमा रहेको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्नेक्रममा धेरै पैदलयात्री मारमा परेको बताउनुभयो । स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघसंस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औंल्याएका छन् ।

उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने भन्दै लामिछानेले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा थप मानवीय क्षति रोक्न, पैदलयात्रीको सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ । काठमाडौं क्षेत्र नम्बर १ प्रदेश २ बाट निर्वाचित लामिछानेले जनजीविकासँगै विकास निर्माणका विषयमा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?