एकीकृत समाजवादीले स्वीकृत गर्‍यो दुई केन्द्रिय नेता न्यौपाने र जंगलीको राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रिय नेताले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजीनामा स्वीकृत गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटि सदस्य चुणामणी जंगलीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

यसैगरी, बैठकले मिटर ब्याँज पीडितहरुले गरेको आन्दोलनको समर्थन गर्दै सरकारलाई उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?