प्रतिपक्षको कुर्सीमा कांग्रेस र एमाले दुबै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन ।

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएकाे एमाले दुबै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन्  ।

‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयाे । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्धा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।

उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारवाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि एमालेले संसद सचिवालयमा पनि जानकारी गराईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?