मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् ।

सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य हुनुभएको हो ।

लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो ।

एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।

करिब ७ करोड भन्दा बढी पैसा उहाँले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उहाँलाई मृत्युको बाटोमा पुञ्याएको आफन्तजनले बताएका छन् ।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गर्नुभएको हो । उहाँले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ । साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?