खोलामा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पामा खोलामा डुवेर १७ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको रैनादेवी छहरा –७ जोगदमारका धनबहादुर रानाको १७ वर्षीय छोरा भीमबहादुर रानाको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो ।

शनिबार पौडी खेल्न भनि घरबाट हिडेका राना वडा नम्वर ७ र ८ को बिचमा पर्ने कञ्चन खोलामा डुवेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?