होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ: मुख्यमन्त्री यादव

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताउनुभएको छ ।

होली पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्न पनि अभिप्रेरित गर्ने बताउनुभयो ।

बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उहाँले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ-आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताउनुभयो ।

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्री यादवले व्यक्त गर्नुभएको छ ।

“कुमतिको होलीका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?