राष्ट्रपतिका दुवै उम्मेदवारबाट अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सकेनौं : राजेन्द्र लिङदेन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता राजेन्द्र लिङदेनले जानकारी दिनु भयो । राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उहाँहरुबाट निष्पक्ष र राष्ट्रको अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि हामीले सो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको उहाँको तर्क थियो ।

अध्यक्ष लिङदेनले भन्नु भयो, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने/नहुने, मतदान गर्ने/नगर्ने भन्ने विषयमा लामो छलफल ग¥यौं । र, अन्ततः सर्वसम्मत ढंगले यो राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेका छौं । खासगरी हामीले अहिले सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँगै हाम्रो फरक मत छ । त्यो त आफ्नो ठाउँमा छँदैछ । तर, त्यो भन्दा पनि अहिले राष्ट्रपतिलाई संविधानले अहिले जुन संवैधानिक वा सेरेमोनियल संस्था, राष्ट्रको अभिभावकीय, , निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ । अहिले उम्मेदवार बन्नु भएका दुवै उम्मेदवारहरु सक्रिय राजनीतिमा रहनु भएको, दुवै जना भर्खरै एक/एक वटा राजनीतिक पार्टीबाट प्रतिनिधिसभाको निर्वाचित हुनु भएको व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुबाट त्यो अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौं । त्यसकारणले यो निर्वाचनमा हामी चाँही तटस्थ बस्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हौं ।’

फागुन २५ गते (भोलि) राष्ट्रपति पदको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवाष नेम्वाङले उम्मेदवारी दिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?