काठमाडौं । एसियन पेन्ट्सले काठमाडौं महानगरपालिका २४ र कुटुम्बा ब्याण्डको सहकार्यमा फागुन २२ गते काठमाडौंको इन्द्रचोकमा रङको पर्व होली मनाएको छ । नेवा संस्कृति र समुदायको उत्थान र प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक ब्याण्ड कुटुम्बासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्याण्डको सांस्कृतिक प्रस्तुति थियो, जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो । सांगीतिक प्रस्तुतिबाहेक सहभागीहरूले फोटोबुथ र एसियन पेन्ट्स नेपालले राखेको ओपन शावरको पनि मजा लिई होलीको आनन्द लिएका थिए । सो अवसरमा एसियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका २४ र कुटुम्बासँग होली मनाउन पाउँदा हामीले भाग्यमानी महसुस गरेका छौँ । यो कार्यक्रम नेवा संस्कृति र समुदायलाई प्रवद्र्धन तथा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेका थियौँ, जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो । हामी सहभागीको उत्साहजनक प्रतिक्रिया देखेर निकै खुसी छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच