ट्रेलरमा ‘प्रेमा’

Read Time = 1 min

काठमाडौं । आगामी चैत १७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा चलचित्रका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ ।

ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई देखाइएको छ । ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई प्रस्तुत गरेको छ ।
चलचित्रमा अरुण, शुभेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बास्तोला, रोशनी स्याङ्बोलगायत कलाकारको अभिनय छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा बनेको यो चलचित्रलाई उपत्यकामा जिजिए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?