‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारीमा तिलोत्तमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

बुटवल । नेपालमै उत्कृष्ट पहिचाहन बनाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवद्र्धन एवं सरसफाई अभियानको सयौँ शृंखलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।

तिलोत्तमा नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवद्र्धन एवं सरसफाइ अभियान चैत १ गते एक सयौं शृंखला पुग्दै छ । नगरपालिकामा हुने ध्वनी प्रदूषणलाई नियन्त्रण गर्न नो हर्न नगरपालिका घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

नो हर्न नगरपालिका घोषणा तथा त्यसैदिनदेखि नगरपालिकामा उत्पादन हुने कुहिने र नकुहिने फोहोर अलग अलग उठाउन सुरु गरिनेछ । त्यसको लागि जनचेतना अभिवृद्धि गर्न सबै वडामा आफ्नो घर, आँगन, चोक, टोल, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय तथा सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न नगरवासीलाई अनुरोध गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताउनुभयो ।
२०७४ सालबाट सुरु भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान निरन्तर सञ्चालनमा रहेको छ । आगामी चैत्र १ गते एक सयौँ शृंखलामा पुग्ने अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरूको सहभागितामा नगरस्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ ।

वडा कार्यालय र टोल विकास संस्थाहरू समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाइ अभियान उत्पत्यका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्णसरसफाइ उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बालमैत्री नगरपालिका र सरसफाई अभियानका कारण तिलोत्तमा अरु नगरपालिका भन्दा अगाडि रहेको बताउँदै यसले नगरपालिकालाई एउटा लिकबाट अगाडि बढाएको बताउनुभयो ।

त्यस अवसरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्याल र कार्यपालिका सदस्य सुरेन्द्र श्रीले हरियाली प्रवद्र्धन एवं सरसफाइ अभियानका बारेमा प्रष्ट्याउनु भएको थियो । तिलोत्तमा एक लाख ५० हजार जनसंख्या रहेको र नेपालमै सबैभन्दा बढी बसाइँसराइ गररे आउने नगरपालिका तिलोत्तमा देखिएको मेयर खाँणले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?