उदयपुरमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका-८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो ।

शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो । आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको बखतमा आगलागी हुदाँ दुवै जनाको मृत्यु भएको हो भने आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?