उपराष्ट्रपतिको उम्मेदवार पुरुष बन्न खोजेको भन्दै एमालेकाे आपत्ति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसखालको ख्याख्या संविधानको मर्मविपरित हुने एमालेको ठहर छ । यसका साथै एमालेले बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका विषयमा पनि छलफल गरेको छ ।

यस्तै एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?