काठमाडौं । कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण पदक जित्नुभएको छ । काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७-११, ११-५, ११-८, ६-११ र १५-१३ को सेटमा पराजित गर्नुभयो । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र गोल्डेनगेटका सुदन गदाल तेस्रो हुनुभयो ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा मियाकीले फाइनलमा उदयमोहन श्रेष्ठलाई ११-६, १२-१० र १४-१२ को सोझो सेटमा हराउँदै स्वर्ण जित्नुभयो । मदन आचार्य र बलराम सापकोटा तेस्रो बन्नुभयो । भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र बज्राचार्य पहिलो हुनुभयो । उहाँले फाइनलमा निशान प्रधानको चुनौती ११-६, ११-८ र ११-८ को सोझो सेटमा पन्छाउनुभयो । किरणमुनि बज्राचार्य र नदिमरत्न शाक्य तेस्रो स्थानमा रहनुभयो ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्स फाइनलमा इन्दिरा पौडेल पराजुलीले सम्झना पोखरेललाई सिधा सेटमा ११-७, ११-३ र ११-९ ले पाखा लगाउँदै शीर्षस्थान कब्जा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच