‘नाईं नभन्नू ल ६’को ‘दिउँला माया’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । आगामी वैशाख १ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नू ल ६’को गीत ‘दिउँला माया’ सार्वजनिक गरिएको छ । शरद शंकर, बेनिशा पौडेलको स्वर विकाशराज आचार्यको शब्द र शरद शंकरकै संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका आँचल शर्मा र नवनायक आशिर्वाद क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

विकास आचार्यको निर्माण र निर्देशन रहेको यो चलचित्रको कथा एवं पटकथा लेखनमा भने निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गर्नुभएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्र आख्यान फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको हो । चलचित्रमा आँचल र आशिर्वादसँगै अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिनालगायतको प्रमुख भूमिका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?