काठमाडौंमा लघुवित्तपीडितको बृहत् प्रदर्शन

Read Time = 2 mins

काठमाडौं । लघुवित्त र मिटरब्याजीपीडितले काठमाडौंमा हालसम्मकै ठूलो विरोध र्‍याली गरेका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा काठमाडौंको टेकु हुँदै माइतीघर मण्डलामा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजीपीडितले संयुक्त आन्दोलन सुरु गरेको आयोजको दाबी छ ।

लघुवित्त र मिटरब्याजीले ऋण मिनाह गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने, लघुवित्तले फिर्ता नहुने गरी केन्द्र बचतको नाममा विगत ३० वर्षदेखि गरेको प्रतिसदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणीबाहेकका विभिन्न नाममा गरिएको बचतकर्ताको रकम हिसाब गरी फिर्ता गर्नुपर्नेलगायतका मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सहभागीहरूले समाजवादी अर्थतन्त्रको विकास गर, आमगरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गरलगायतका प्लेकार्ड बोकेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?