बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

रामेछाप । खाँडादेवी गाउँपालिका-१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी-७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाैँ जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?