सुनको मूल्य घट्याे

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार घटेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?