बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छ : राजेन्द्र महतो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पार्नुभएको छ ।

उहाँले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिनुभयो ।

‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उहाँले भन्नुभयो, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’

आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ ।

-न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?