‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा दीप श्रेष्ठ

Read Time = 1 min

काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ अनुबन्धित हुनुभएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा नेपाल च्याप्टर अध्यक्ष दिलीप रायमाझीले निर्णायक मण्डललाई स्वागत गर्नुभएको हो ।

इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभालाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसन गरिरहेको छ । यी दुवै रियालिटी सोको विजेताले एक-एक करोड रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

काठमाडौंमा अहिले ‘मेरो भ्वाइस युनिभर्स’को साइटलेस अडिसन सुरु भएको छ । शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त र सुजाता बर्मा निर्णायकको रूपमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?